पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश १ लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
