स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । दुई देशको सम्बन्धित मन्त्रालयबीच मङ्गलबार भएको ‘भर्चुअल’ छलफलमा सो आग्रह गरिएको कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले बताउनुभयो । भारतले नेपाललाई मल दिनका लागि कम्पनी पनि छनोट गरिसकेको छ । भारतले मुम्बईको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ)मार्फत नेपाललाई मल दिने निश्चित गरेको उहाँले जानकारी दिनुभयो ।

मङ्गलबार भएको छलफलमा आरसीएफका पनि प्रतिनिधि थिए । भारतका आरसीएफ र नेपालका कृषि सामग्री कम्पनी लिमिटेडबीच पनि छुट्टै छलफल भएको छ । नेपाललाई पहिलो वर्ष दिइने मलमध्ये पहिलो लट चुनावअघि र दोस्रो लट असार १५ गते वरिपरि दिनका लागि आफूले भारतलाई आग्रह गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताउनुभयो । कति परिणाम, कुन बेला, युरिया र डीएपी कतिलगायतका विषयमा नेपाल–भारतबीच सम्झौता भएपछि मात्र मल आउने सहसचिव मिश्रले बताउनुभयो ।

सक्दो चाँडो मल दिनका लागि आग्रह गरिएको छ, त्यसका लागि दुवै देशका कम्पनीबीच समन्वय भइरहेको र यो महिनाभित्र पहिलो लट मल आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मल दिने कम्पनी चयन भइसकेको र दुई कम्पनीबीच एउटा सम्झौतापत्रमा हस्ताक्षर भएपछि मल आउन सुरु हुने उहाँले बताउनुभयो ।

गत फागुन १६ गते भारत सरकारबाट जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट पाँच वर्षसम्म युरिया र डीएपी मल खरिद गर्ने भनी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । पाँच वर्षमा नौ लाख ३५ हजार मल खरिद गर्नेछ, जसमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र पहिलो वर्ष एक लाख मेट्रिक टन युरिया र दोस्रो वर्ष एक लाख १० हजार मेट्रिक टन युरिया, ६० हजार मेट्रिक टन डीएपी, तेस्रो वर्ष एक लाख १५ हजार मेट्रिक टन युरिया, ८० हजार मेट्रिकटन डीएपी, चौथो र पाँचौँ वर्ष दुई लाख ४० हजार युरिया मल खरिद गरिने सम्झौता भएको छ ।याे खबर आजको गोरखापत्र दैनिकमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?