कठै हाम्रो देश: वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

काठमाडौं : कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ।

गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो।

वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला म्यानपावर कम्पनी ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए ।

गत वर्ष यो सङ्ख्या ३७ हजार ४०६ मात्र थियो। यो खबर आजको कारोबार दैनिकमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?