अब युवाको पालो: प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन् बालेन

काठमाडौं :काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार मत कटाएका छन्। उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका छन्।

आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्।पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा २९६४ मत धेरै ल्याएका छन्।

स्थापितले हालसम्म ३२४३ मत पाएका छन्।यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २८८५ मत पाएकी छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?