आजको मौसमःमेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना
काठमाडौं
वायुको प्रभावले काठमाडौं लगायत क्षेत्रमा विहानै देखि छिटपुट पानी परिरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
राति प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
