बजेटमा कृषि :प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन
काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा आगामी वर्ष प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आइतबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको जानकारी गराएका हुन् ।
