बजेटमा कृषि : रासायनिक मल खरिदका लागि १५ अर्ब बजेट विनियोजन

रासायनिक मलको अभाव

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा आगामी वर्ष रासायनिक मल खरिद गर्नका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ ।

आइतबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानका लागि रासायनिक मल खरिदका लागि १५ अर्ब बजेट छुट्याएको बताएका हुन् ।

उनले भने, ‘आगामी वर्ष प्रमुख बालीहरु लगाउने समयमा रासायनिक मल सहज आपूर्ति सुनिश्चित गर्न मल खरिदका लागि १५ अर्ब बजेट विनियोजन गरेको छु ।’

ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरि रासायनिक मल स्थापना गर्न लगानी बोर्ड नेपालमार्फत कार्य अघि बढाइने पनि मन्त्री शर्माले बताए ।

यस्तै, बाजो जमिनको उपयोग गरि कृषि क्षेत्रलाई सुदृढ गराउने, कृषकहरुलाई मल, बीउलगायत औजारहरु सरल र सहज रुपमा उपलब्ध गराउने मन्त्री शर्माले बताएका छन् । प्रधानमन्त्री कृषि परियोजनाका ५ अर्ब ९० करोड विनियोजन गरिएको छ ।

Subscribe
Notify of
guest

5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments