किसान मारमा:फौजी किराले सखाप पार्दै मकैबाली,बिरुवा नै मर्न थाले

सप्तरी :सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । उनीहरुका अनुसार दुई हप्ताहदेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो ।

सप्तकोसी–१० का विनोद पण्डितले भन्नुभयो, “किसानले लगाएका मकैका बिरुवाको पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थालेका छन् ।”उक्त नगरपालिकाको वडा नं १ को फत्तेपुर, वडा नं २ को पर्सा, वडा नं को ३ सखुबनी, वडा नं को ४ बलार्दह र वडा नं ५को गङाजली क्षेत्रमा फौजी किराको बढी प्रकोप देखिएको छ । कृषि प्राविधिकको सल्लाहअनुसार आफूहरूले विभिन्न कीटनाशक औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रणमा आउन नकसेको वडा नं १ का राजकुमार चौधरीले बताउनुभयो ।

हुर्कंदै गरेको मकैमा किरा लागेर मेलैसँग मकैको बोट नै नष्ट गरेको बताउँँदै रामकृष्ण चौधरीले मौसम पनि ठिकै भएकाले बाली राम्रो होला भन्ठानेकामा किरा लागेर सबै बोट सखाप हुन लागेको गुनासो गर्नुभयो । एघार वटा वडा रहेको उक्त नगरपालिकाका सबैजसो वडामा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको स्थानीय किसानहरुले जानकारी दिए ।

विगत केही वर्षयता उक्त नगरपालिका क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या सामाधानका लागि नगरपालिका, कृषि शाखालगायत सम्बन्धित निकायबाट उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?