नमोबुद्धका किसानलाई उन्नत जातका बाख्रा वितरण

मोडेल भिलेज गाउँमा घरघरमा बाख्रा दैलोदैलोमा तरकारी

बनेपा: किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

बागमती प्रदेश सरकारको सहयोगमा उक्त वडाका ४५ किसानलाई नगरप्रमुख कुनसाङ लामाले बाख्रा वितरण गरेका छन्। नगरप्रमुख लामाले किसानको आर्थिक अवस्था उकास्नका लागि आवश्यक बजेट व्यवस्थापन गरी बाख्रा वितरण गरेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले यसअघि पनि किसानलाई उन्नत जातका बाख्रा, पाडीका र कृषि औजार वितरण गरेर किसानको आर्थिक अवस्थामा सुधार ल्याउने प्रयास गरिएको बताए ।

वितरण गरिएका बाख्राको बीमा गरिएको नगरपालिकाका कृषि तथा पशु शाखा प्रमुख चीरञ्जीवी शर्माले जानकारी दिए। सो ठाउँका ९४ किसानलाई बाख्रा वितरण गर्ने लक्ष्य राखिएको शर्माले बताए ।

एउटा बाख्राको १४ हजार लागत रहेकोमा किसानले रु एक हजार व्यहोरेका छन् । रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments