केरा बालीका रोग,किरा,क्षतिको लक्षण र व्यवस्थापन विधि जानिराखौ

केराखेतीमा गवाँरो रोग

केरा बालीका किराहरु :

१. केराको थाम घुन (Stem weevil)

पहिचान
• बयस्क खपटे कालो वा रातो रङको हुन्छ यसको सुड निकै लामो हुन्छ । यसका लार्भे सेतो शरीर र रातो ताउके भएको हुन्छ ।

क्षतिको लक्षण
• लार्भे थाम भित्रभित्रै खोतलेर खाने हुनाले थाम भित्र छियाछिया हुन्छ । बिरुवा पहेलिन थाल्छ । साधारण हुरी बतासले पनि बोट ढल्ने हुन्छ ।

व्यवस्थापन विधि

• रोगाएका बोटहरुलाई जरैदेखि उखेलेर मसिना टुक्रा गरी नस्ट गर्नुपर्छ ।

• एउटा गाजमा ३ वटा सम्म मात्र बोट राख्ने ।

• लत्रेका वा लत्रन लागेका पातहरु केराको थामको सङ्गमबाटै काट्नु पर्दछ ।

• काम नलाग्ने केराका बोटहरु काटेर टुक्राटुक्रा पारी केरा बगैचामा यताउती राखिदिनाले त्यसमा बयस्क घुनहरु जम्मा हुन्छन् तिनलाई सँकलन गरी नस्ट गर्न सकिन्छ ।

२.केरा गानुको घुन ( Rhizome weevil)

पहिचान

• वयस्क खपटे चम्किलो कालो हुन्छ ।

क्षतिको लक्षण

• यो घुनका लार्भेले केराको गानो खाइदिनाले जराहरु कमजोर हुने गर्दछन् । बोट सजिलै ढल्ने गर्दछ । केरा पसाउन सक्दैन र यदि पसाईहाले पनि फल पुष्ट हुदैनन् ।

व्यवस्थापन विधि
• घुनले आक्रमण गरेको गानु र थामलाई टुक्राटुक्रा पारी नष्ट गर्नुपर्छ ।

• घुन लागेको गाजको बिरुवा अन्यत्र रोप्नु हुँदैन ।

• केराको बोटमा लत्रेका पातहरु हटाई गाजलाई सफासुग्घर राख्नुपर्छ ।

• घुन लाग्ने बारीमा नयाँ केराको बोट रोप्नु अघि सम्पूर्ण पुराना बोटहरुलाई जरैदेखि उखेलेर हटाउनुपर्छ ।

• केराको प्रत्येक गाजमा क्लोरपाइरिफस ( डर्सवान १० धुलो ) ३० ग्रामका दरले बोटको वरिपरि छरेर माटोमा मिलाई दिदा घुनको नियन्त्रण हुन्छ ।

केरा बालीका रोगहरु :

किरा

१.ओइलाउने रोग (Wilt)

क्षतिको लक्षण

• सुरुमा पुराना पातको किनराबाट पहेलिन सुरु भई मुख्य नशातिर बढ्छ । रोगी पातको भेटनो फुटी तलतिर झुन्डिन्छन् पात ओइलाउछ । जमिन छेउका डाठ ढाक्ने पातहरु लम्बाइ पट्टिबाट फाटछन् ।

व्यवस्थापन विधि
• रोगी केरालाई उखेलेर जलाउने ।

• रोगी बोटको पातहरु जलाउने र झाङमा चुन वा बोर्डेक्स मिक्स्चर छर्ने ।

• एकै ठाउँमा केरालाई सकभर ३ बर्ष भन्दा बढी नलगाउने ।

२. बन्ची टप (Bunchy top)

क्षतिको लक्षण
• रोगी पातहरुको आकार साना, पहेला र किनारा माथितिर बटारिएका हुन्छन् । रोगी पातमा मसिना हरिया थोप्ला र धब्बा पनि देखिन्छन् ।

व्यवस्थापन विधि
• रोगी बिरुवा जम्मा गरेर जलाइदिने ।

• यो लाही किराबाट सर्ने रोग भएको डाइमेथोएट ३०% इ सी ( रोगर, अनुगर, रोगोहिट ) १ मिलिप्रतिलिटर पानीमा मिसाएर छर्ने ।

• बीउको लागि प्रयोग हुने गानाहरु स्वस्थ क्षेत्रको बोटबाट मात्र लिने ।

३. कोत्रे (Anthracnose)

क्षतिको लक्षण

• रोगी फलहरु पहेलिन्छ र बोक्रामा साना र खैरा थोप्ला देखापर्छ । यि थोप्लाहरु जोडीएर केही धर्सेको जस्तो हुन्छन धेरै आक्रमण भएमा फल कालो भई चाउरिन वा सुक्न सक्छ ।

व्यवस्थापन विधि
• फल र बिरुवालाई चोटपटक लाग्नबाट जोगाउने ।

• कपर अक्सिक्लोराइड ३ ग्राम प्रतिलिटर पानीको दरले कोसामा छर्ने ।

४. गानो कुहिने (Rhizome rot )

क्षतिको लक्षण

• गानामा सुरुमा पानीले भिजेको जस्तो खैरा धब्बाहरु देखापर्दछ । पछि ती धब्बाहरुबाट नै कुहिन सुरु हुन्छ ।

व्यवस्थापन विधि

• स्वस्थ्य ठाउँबाट गानो ल्याई रोप्ने ।

• रोगी बोट जलाएर नष्ट गर्ने ।

• गानालाई स्ट्रेप्टोमाइसिनमा केही समय डुबाएर रोप्ने ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments