राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानलाई राहत

जुम्ला: जुम्लाको तिला गाउँपालिका– ५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानलाई राहत पुगेको छ । भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो ।

उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मुख्य आम्दानीको स्रोत भेडापालन भएको वडाध्यक्ष ललितबहादुर शाहीले बताए ।

यहाँका भेडापालक किसानको ऊनलाई बजारीकरण गर्नका लागि उद्योग स्थापना गरिएको जानकारी दिँदै उनले भने, “राडीपाखी उद्योगमा केही बेरोजगार युवाले रोजगारी पाउने छन् । ऊन उत्पादन जिल्लाको एक गतिलो पहिचान बन्नेछ । यसको बजारीकरणका लागि वडा सरकारले आवश्यक सहयोग पु¥याउनुपर्ने छ ।”
पछिल्लो समयमा नेपालमा भेडाको उत्पादन घट्दो क्रममा रहेका अवस्थामा जिल्लामा भेडाको उत्पादन बढ्दै गएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताए।

पशु अस्पताल तथा पशुसेवा कार्यालयको एक पालिका एक पशु सेवाअन्तर्गतको कार्यक्रम हो । नौ लाख ५० हजारमा पशु अस्पताल तथा राडीपाखी उद्योग स्थापना गरिएको पशुसेवा कार्यालयले जनाएको छ । ऊनको उत्पादनबाट राडीपाखी, सुइटर, लिउ, पाखीजस्ता सामग्रीको उत्पादन हुने गरेको वडा पालिकाले जनाएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?