मनसुन सक्रिय भएसँगै झापामा धान रोपाइँ सुरु

रोपाइँ

झापा: मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ। रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ ।

कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए। उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो मात्रामा विर्तामोड कार्यालयलाई मल पठाउने पत्रचार गरेको जानकारी दिए ।

उनले भने, “ यही हप्ताभित्रमा आउँदैछ ।” उनले झापाका लागि ८५०, इलामलाई १००, पाँचथरमा ७० र ताप्लेजुङका लागि ३० मेट्रिक टन मल आउने जानकारी दिए। प्रमुख भट्टराईले कार्यालयमा आएको मललाई कुन पालिकामा कति र कसरी पठाउने भन्नेबारे कृषि ज्ञान केन्द्रसँगको परामर्शमा वितरण गरिने बताए ।

१५ वटा पालिका रहेको झापामा भने एउटा पालिका बराबर एक हजार १३० बोरा मल मात्र भागमा पर्ने उनको भनाइ छ। झापामा कृषियोग्य जमिनमध्ये ८८ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले हाल जिल्लामा नौ हजार मेट्रिक टन डिएपी मल आवश्यक रहेको बताए ।

उनले भने, “रोपाइँ सुरु भइसक्यो, यही बेला किसानलाई डिएपी मल चाहिएको छ । झापाका लागि तोकिएको मात्राले त एउटा पालिकालाई पनि पुग्दैन ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?