घरपालुवा पशुमा लाग्ने खोरेत रोग,लक्षण र रोकथामका उपायहरू – जानिराखौं

किसानलाई भैँसी

खोरेंत (foot and mouth disease)

खोरेंत रोग लाग्नुका कारण विषाणु प्रमुख कारण हो ।

लक्षणहरु :

१- यो रोग लाग्दा एकदम बढी ज्वरो (१०४-१०६ डिग्री फरेनहाइट) आउँछ । बिस्तारै घाँसपात नखाने, झोक्राउने हुन्छ ।

२- मुख वरिपरि बिशेष गरि गिजा र जिब्रोमा स-साना फोकाहरू आउँछन् ।

३- यश सँगसँगै खुट्टाको खुरको कापमा पनि फोकाहरू आउछन् पशु खुट्टा खोच्याएर हिँड्छ र पछि लङ्गडो हुन सक्छ ।

४- मुख वरिपरि घाउ आउने भएको कारण र्याल चुहाँउछ । यस रोगले ठुला माउहरुमा भन्दा पाठापाठिलाई बढी असर पुर्याउछ ।

५- कहिलेकाहीँ खोरेत रोगका कारण थुनेलोको समस्या पनि देखिन्छ । ब्याउने माउहरुमा गर्भ तुहिने समस्या देखिन सक्छ ।
उपचार :

१- मुखको घाउलाई १ प्रतिशातको पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गरिदिने ।

२- खुरका घाउलाई पोटास पानीले धोएर हिसैक्स वा लोरेक्जेन मलहम लगाउनुपर्छ वा २ प्रतिशत निलोतुथेले घाउ सफा गर्न सकिन्छ ।

३- खुट्टाको घाउमा फिनेल प्रयोग गर्न सकिन्छ ।

४- घाउहरुमा अन्य जीवाणु प्रवेश गरि संक्रमण नगरुन भन्नका लागि पशुलाई एन्टिबायोटिक सुई लगाउन सकिन्छ ।

५- खोरेत देखिरहने ठाउँमा रोकथामका लागि खोरेंत बिरुद्ध खोप लगाउनु पर्दछ । ६ महिनाको उमेर पुगे छि पहिलो पटक खोप लगाउने र प्रतेक बर्ष दोहोर्याउने गर्नु पर्छ । बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउने गर्नु पर्छ ।

६- खोरेत फैलिएको अवस्थामा आफ्ना पशुहरु लाई चरणमा लैजानु हुदैन ।

७- रोग फैलिरहेको फर्ममा भरसक नजाने र जानुपर्ने अवस्था भएमा फर्किदा आफुले प्रयोग गरेको जुत्ता, चप्पल ०.५ देखि २ प्रतिशत साइट्रीक एसिडले सफा गरेर मात्रै प्रयोग गरि फर्म परिसरमा आउने ।

८- संक्रमित पशुहरुसंग आफ्ना पशुहरु नमिसाउने ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments