झापामा साउन पहिलो साताभित्र रोपाइँ सकिने

धान रोपाई

झापा: धान खेतीका लागि उर्वरभूमि मानिने झापामा १८ प्रतिशत रोपाइँ भएको छ ।कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले समयमै वर्सात सुरु भए पनि किसानले मल नपाएका कारण हालसम्ममा १८ प्रतिशत मात्र रोपाइँ भएको बताए ।

झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ। त्यसमा ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ। जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोला लगायतका सिँचाइ आयोजना छन् ।

धान दिवसका अवसरमा केन्द्रले आज कमल गाउँपालिका–७ स्थित लखनपुर साना किसान सहकारी संस्थाको जमिनमा सामूहिक रोपाइँ कार्यक्रम गरिरहेको छ। “मल नपाए पनि किसानले अब धमाधम रोपाइँ गरिरहनुभएको छ, सायद साउन पहिलो हप्तासम्ममा जिल्लामा रोपाइँ सकिन्छ होला”, विष्टले भने । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?