गाउँको पाखोवारिमा घाँसखेती गरेर बाख्रापालनमा रमाउदै गजुरेल

नुवाकोट

: नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नम्वर ६ का इश्वर गजुरेल अहिले बाख्रापालनमा रमाउन थाल्नुभएको छ । तिन बर्ष अगाडी रोजगारीका लागि नेपाल छाडेर साउदी पुग्नुभएका गंजुरेललाई तिन महिना पनि विदेशमा काम गर्ने वातावरण भएन । विदेशबाट फर्किएपछि उहाँले गाउँमै बाख्रापालन गर्ने सोच बनाउनुभयो ।

उहाँले जमुनापारी र बोयर बाख्रा पाल्नु भएको छ ।६ वटा बाख्रापालन सुरु गर्नुभएको उहाँको खोरमा अहिले ५० वटा बाख्रा पुगेकाछन् । बाख्रापालनको लागि २० लाख रुपैया लगानी गरिसकेको गंजुरेलले बताउनुभयो । ३० रोपनीमा घाँस खेती गरेको जानकारी दिदैँ उहाँले विभिन्न प्रजातीका डाले घाँस, भुई घाँसहरु लगाएको जानकारी दिनुभयो । साथै विभिन्न डाले घाँसहरुको नर्सरी आफैले गर्दै आएको,साथै घाँसहरुको बीउ बेर्नाहरु बिक्री बितरण पनि गर्दै आएका छन ।

गंजुरेल कृषि तथा पशुपंक्षी फर्म स्थापना गरी उहाँले व्यवसायीक रुपमा पशुपालन गर्दै आउनुभएको छ । अझै धेरै बाख्रा थप गर्ने र घाँस बिकास श्रोत केन्द्र पनि व्यवसायीक रुपमा संचालन गर्ने उहाँले बताउनुभयो । विदेशमा गर्ने दुःख १८-२० घण्टा नेपालमा ४-५ घण्टा मात्र गर्न सके प्रसस्त सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

अहिलेसम्म स्थानिय सरकारले प्राविधिक र आर्थिक सहयोग नगरेको जानकारी दिदैँ उहाँले कुनै समय सरकारले पक्कै सहयोग गर्ने छ भन्ने अपेक्षा राखेको बताउनुभयो । अहिलेसम्म लगानी मात्र भएको र अवका दिनमा आम्दानी प्राप्त हुने अपेक्षा राखेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments