जङ्गली च्याउ खाँदा एकैगाउँका १९ जना बिरामी,६ जनाको अवस्था गम्भीर

रुपन्देही : जङ्गली च्याउ खाँदा बुटवलमा एकैगाउँका १९ जना बिरामी भएका छन् ।

उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामी हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताउनुभयो ।

बुधवार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस भएका थिए ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments