बाँकेमा रोपइँ सुरु, आकाशे पानी परेपछि किसान खुसी

आकाशे पानीका भरमा रोपाइँ

राँझा: जमिन भिज्नेगरी आकाशे पानी परेपछि बाँकेका किसान हर्षित भएका छन्। १५ असार बित्दासम्म रोपाइँको सुरसार गर्न नसकेका किसानलाई बुधबार बिहान परेको पानीले ठूलो राहत दिएको खजुरा गाउँपालिका–१ का अगुसवा किसान मगनसिंह थापाले बताए ।

“केही दिन अघि सिँचाइ सुविधा नपाएका किसानका दिन आकाशतिर हेरेर बित्ने गरेको थियो, पानी प¥यो अब रोपाइँ सुरु भएको छ”, थापाले भने, “समयमै रोप्न पाउँदा किसान हर्षित भएका छन्।” जसोतसो धानको बीउ तयार पारे पनि आकाशे पानीको भरमा धानखेती गर्दै आएका बाँकेका किसानले रोपाइँ गर्न सकेका थिएनन्। पानी परेपछि धमाधम रोपाइँ सुरु भएको नेपालगञ्ज–१८ लग्दहवाका किसान मनोजकुमार सोनकरले बताए ।

बाँकेमा यसवर्ष वर्षा ढिलो हुँदा असार १५ धान दिवसका दिनसम्म पनि जम्मा पाँच प्रतिशत मात्रै रोपाइँ भएको छ। गतवर्ष धान दिवसको दिनसम्म पुग्दा जिल्लामा ४५ प्रतिशत रोपाइँ सकिएकोमा यसवर्ष वर्षा नहुँदा हालसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिए ।

उनका अनुसार गतवर्ष समयमा आकाशे पानी परेकाले किसानले धान दिवस मनाइरहँदा आधा जति रोपाइँ सम्पन्न गरिसकेकामा यस पटक भर्खरै सुरु भएको छ। ठूलो वर्षा भएकाले जिल्लाका सबै किसान अब रोपाइँमा जुटेका छन्। बाँकेमा गतवर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्वीन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने आशा गरिएको प्रमुख ढकालले बताए ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेको छ । रासस

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments