वर्षाले किसान खुसी, रोपाइँको चटारो

बैतडी: केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन्। वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् ।

वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायत वर्षे बाली सुक्ने अवस्था थियो। रोपाइँ गर्न राहत पुगेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताए। उनले भने, “वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, वर्षे बालीलाई पनि राहत मिलेको छ ।”

यसअघि असार पहिलो सातासम्म वर्षा नहुँदा किसान चिन्तित बनेका थिए। हालसम्म जिल्लामा ७५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए। सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भएको छ भने आकाशे पानीका भरमा रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ ।

जिल्लाको सुर्नया र चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र तथा दशरथचन्द नगरपालिकाको सेरालाई धान खेतीको पकेट क्षेत्र मानिन्छ ।बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?