किसानलाई आधुनिक प्रविधि वितरण

खलङ्गा :जुम्ला कृषि विकास कार्यालयले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका आठवटै स्थानीय तहका व्यावसायिक किसानलाई जोत्नेदेखि तेल पेल्ने, पिस्ने घट्टका साथै जौँ, गहुँ र धान चुट्नेसम्मका उपकरण उपलब्ध गराएको हो ।

चुट्ने अठार, दुई तेल पेल्ने, तीन कुटानी पिसानी र १६ खेत जोत्ने उपकरण वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । महिलाको कार्यबोझ घटाउने, कृषिमा यान्त्रिकरण ल्याउने र समयको बचत गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको कार्यालयले जनाएको छ । ( रासस )

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments