मकैबोडी प्रतिकेजी ११०, मेवा ९५, हरियो लसुन २३५,परवर ७५,तामा १३५,जुनार २१०
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य ३९०, आँप दसहरी प्रतिकेजी १५५,आँप(मालदह) १५५,डल्लेच्याउ २७५,आलु रातो प्रतिकेजी मूल्य ५४.५०,इमली १५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कुरीलो प्रतिकेजी २७५,खुर्सानी हरियो(अकबरे) १७५,स्थानीय काउली ९५,काक्रो(लोकल) ८५, गोलभेडासानो(लोकल) २७.५०,ठूलोगोलभेडा(भारतीय) ५५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) १३० रुपैयाँ ,कागती प्रतिकेजी १४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार टाटे सिमी प्रतिकेजी ११०,लोकल नासपाती ८५ ,केरा प्रतिदर्जन १५५ रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ९५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ११०, ब्रोकाउली १३५,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३१०,भेडे खु्र्सानी ६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

