द्वन्द्वपीडित र एकल महिलाका साथी ‘नमूना कृषक समूह’

तरकारी खेती

बाँके: बाँके र बर्दियाका सशस्त्र द्वन्द्वपीडितहरु स्वरोजगारमूलक व्यवसायबाट मनग्ये आम्दानी लिन थालेका छन् । ती जिल्लाका शारदा चौधरी, दर्शना चौधरी र रामबहादुर रसाइली यसका उदाहरणीय पात्र मात्र हुन् । बर्दिया बाँसगढी नगरपालिका–६ सत्रहरियाकी शारदा चौधरी महिलाका लागि प्रेरणाकी स्रोत नै बन्नुभएकी छिन् ।

उनी तरकारी खेतीको नमूना कृषक बनेकि छिन् । कृषि र पशुपालन व्यवसायको उद्देश्य राखी सञ्चालित ‘नमूना कृषक समूह’ अहिले द्वन्द्वपीडित तथा एकल महिलाका लागि स्वरोजगारको ‘साथी’ बनेको छ ।

“सुरुका दिनमा मलाई बोल्न पनि आउँदैन थियो, तर सङ्घर्ष गर्दै जाँदा धेरै कुरा जानिँदोरहेछ”, उनले भनिन्, “हरेस नखाई एउटै उद्देश्यमा निरन्तर क्रियाशील भए सफल उद्यमी हुन सकिन्छ ।” मधुवन नगरपालिका–२ ओरालीको दर्शना चौधरीले आफ्नै घरमा कुखुराको मासु व्यवसायमा संलग्न छिन् ।

सुर्खेतका रामबहादुर रसाइलीले अहिले किराना व्यवसाय तथा प्रावि तहको निजी विद्यालय सञ्चालन गरिरहेका छन्। “राजनीति मात्र सम्पूर्ण जीवन निर्वाहको आधार हुन सक्दैन भन्ने कुरा मनन गरी आर्थिक व्यवसायमा संलग्न भएको हुँ”, उनले भने । कतिपय द्वन्द्वपीडित उपयुक्त स्थानमा अहिले आफ्नो व्यावसायिक काममा संलग्न भइसकेका छन् । कतिपयको अवस्था अझै धेरै बिजोग छ ।

राज्यले ती लडाकुको अवस्थाप्रति कुनै चासो नदिएको गुनासो पूर्व लडाकु बाँसगढी नगरपालिका– ६ सत्रहरियाका कामना चौधरीले गुनासो गरिन् ।नेकपा (माओवादी केन्द्र) ले बेरोजगार पूर्व लडाकुलाई व्यवस्थापन अझै नगरेको गुनासो गरिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?