आजको मौसमः मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

भारी वर्षा

काठमाडौं :हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भूभागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ।

देशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।

बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भूभागका धेरै स्थानहरूमा र अन्य भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?