डल्लेच्याउ प्रतिकेजी ३७५, हरियो धनिया ११२, मौसम १९०, न्यूरो ९५, टाटे सिमी १३५, ब्रोकाउली २४०
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५६.६७,अनार मूल्य ३९०, आँप दसहरी प्रतिकेजी १९०,आँप(मालदह) १९०,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ५५.५०,इमली १४६.६७ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कुरीलो प्रतिकेजी ३००, गुन्दुक २७५,खुर्सानी हरियो(अकबरे) २५०,स्थानीय काउली ९०,काक्रो(लोकल) ६६, गोलभेडासानो(लोकल) २८.३३,गोलभेडा ठूलो(भारतीय) ७६.६७, चुकुन्दर प्रतिकेजी ७६.६७ रुपैयाँ, गाजर(लोकल) ११६.६७ रुपैयाँ ,कागती प्रतिकेजी १७५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ९६.६७,केरा प्रतिदर्जन १७० रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ५६.६७ रुपैयाँ,मकै बोडी प्रतिकेजी ९०, ब्रोकाउली २४०,तरबुजा(हरियो) ६० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी ७६ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

