अरिङ्गाल पोल्ने क्रममा टोकेर एक युवाको मृत्यु

गलकोट: अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?