आजको मौसमः देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

भारी वर्षा

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेको छ ।

आज (बुधबार) बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । त्यस्तै, देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार राति भने देशको पहाडी भू-भागमा सामान्यदेखिपूर्ण बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments