एसइईमा ३.२ जिपिए ल्याउने विद्यार्थीले मासिक ४ हजार पाउने

२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा ३.२ जिपिए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरूलाई मासिक चार हजारस्कलर शिप स्वरुप सहयोग उपलब्ध गराउने भएको छ ।

रेसुङ्गा नगरपालिकाले  २०७८ सालको एसईई परीक्षामा ३.२ जिपिए भन्दा माथि अंक ल्याई उत्तिर्ण भई प्लस–टू पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

नगरप्रमुख खिलध्वज पन्थीले शुक्रबार एक कार्यक्रमबीच घोषणा गरेका छन् । नगरपालिका भित्र घर भएका र पालिका भित्रैका विद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्यान गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने गरि कार्यक्रम ल्याईएको बताउनु भएको छ ।

नगर प्रमुखले शिक्षा र स्वास्थ्य विकासको मुख्य आधार भएको बताउँदै  बसाई सराई रोक्नका लागि यो बिशेष कार्यक्रम अगाडि सारिएको प्रष्ट पार्नुभयो ।

रेसुङ्गा नगरपालिकामा यस वर्षको एसईई परिक्षामा ३.६ भन्दा माथि ३६ जना र ३.२ भन्दा माथि १०६ जना गरि १४२ जना रहेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments