कुरीलो प्रतिकेजी ४५० रुपैयाँ,डल्लेच्याउ ३७५,किवि ५७५,कागती २१०, शरीफा १६५,हरियो धनिया ५५०

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७५,अनार मूल्य २७५,अम्बा प्रतिकेजी ११३ रुपैयाँ ३३ पैसा,किवि ५७५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ २० पैसा,इमली १४६ रुपैयाँ ६७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४५० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो ११३ रुपैयाँ ३३ पैसा,स्थानीय काउली ७६ रुपैयाँ,काक्रो(लोकल) ७६, गोलभेडासानो(लोकल) २६ रुपैयाँ ६० पैसा,गोलभेडा ठूलो(भारतीय) ५२ रुपैयाँ ५० पैसा,चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २१० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १४५ रुपैयाँ,रातो बन्दा १५५ रुपैयाँ,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा,ब्रोकाउली २८३ रुपैयाँ ३३ पैसा,तरबुजा(हरियो) ५५ रुपैयाँ ,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३१५ रुपैयाँ,भेडे खु्र्सानी ६६ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?