२ बोट बेर्नाबाट सुरु गरिएको गण्डकी प्रदेशको पहिलो मरीच फार्म

कास्की :करिव ३० बर्ष अगाडी दार्जिलिङबाट २ बोट मरीचका बेर्ना ल्याएर मरीच खेतीको सुरुवात गरेका सुर्य मोहन बास्तोलाको कृषि फार्ममा हाल साना ठुला गरेर झण्डै १५० मरीचका बोट रहेका छन ।
पर्माकल्चर कृषि प्रणाली बिज्ञ समेत रहेका किसान सुर्य मोहन बास्तोलाले पर्माकल्चर कृषि अभ्यासकै अमृत कुञ्ज अर्गानिक पर्माकल्चर फार्म सञ्चालन गर्दै प्रत्येक बर्ष झन्डै १५० देखि २०० किलो सम्म सुकेको मरीच उत्पादन गर्दै आएका छन् ।
बास्तोलाको अमृत कुन्ज अर्गानिक पर्माकल्चर फार्मको अनुभवका आधारमा खस्रो बोक्राहुने रुखहरु जस्तै आँप, कलकी, फलेदो , साल, बकाइनो, कटहर आदि रुखहरु मरीच खेती को लागि उपयुक्त हुने बास्तोलाको अनुभव छ ।
बिरुवा रोपेको तीन—चार बर्ष देखि फल दिन सुरु गर्ने मरिचले लगातार पच्चीस , तीस बर्षसम्म उत्पादन दिएका बोटहरु उनको फार्ममा देख्न सकिन्छ । बर्सेनि बैशाख देखि श्रावणसम्म फुल्ने र चैत्रमा पाक्ने मरीच अहिले अमृत कुन्ज फार्मको मुख्य आकर्षण बनेको छ ।
पोखराको मशला उपभोक्ता बजारमा अर्गानिक मरीच सजिलै किलो को रु १५०० सम्म बिक्रीवितरण भैरहेको बास्तोलाले बताएका छन् ।
बर्सेनि करोडौं रुपैयाँको मरीच भारतबाट नेपालमा आयत भैरहेको यो अबस्थामा सरकारले किसानलाई विशेष सहुलियत ऋण उपलब्ध गराउने र मरीचखेतीका लागि पकेट क्षेत्रका रुपमा सरकारी नीजी सहकार्य हुन सकेमा मरीच आपुर्तिको व्यापार घाटा न्युनकिरण गर्न र स्थानीय बादर पीडीत किसानहरुमा मशालाबाली प्रबद्र्धन गर्न उपयोगी हुने अमृत कुञ्ज पर्माकल्चर फार्मका व्यवस्थापक जीवन बास्तोलाले बताएका छन ।