पाडी–बाच्छी हुर्काउने किसानलाई दश हजार रुपैयाँ दिइने

कास्की : कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ।

उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत ४४ लाख ४६ हजार रुपैयाँ वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख केदार पाण्डेले जानकारी दिनुभयो ।

नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले ४४ लाख ४६ हजार रुपैयाँ वितरण गरिएको उहाँको भनाइ थियो । त्यसैगरी आर्थिक वर्ष ०७८/७९ मा पाडी–बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत जिल्लामा ४१ लाख रुपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ ।

पोखराको ३३ नं वडा र कास्कीको अन्नपूर्ण गाउँपालिकालाई लक्षित गरी कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत पाडी–बाच्छी हुर्काउने ३ सय ५५ किसानका ४ सय १० वटा पाडी–बाच्छीलाई १० हजार रुपैयाँका दरले ४१ लाख रुपैयाँ प्रोत्साहन सहयोग रकम प्रदान गरिएको यस कार्यालयका अधिकृत सहदेव पौडेलले बताउनुभयो ।

पाडी–बाच्छीका लागि पाँच सय किसानले आवेदन दिएकामा ३ सय ५५ किसान छनोटमा परेका थिए । साना व्यावसायिक फार्म स्थापना तथा विस्तारका लागि यस कार्यालयले विभिन्न ६४ बाख्रा फार्मलाई ११ लाख सहयोग गरेको र वार्षिक ४३ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?