फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ,अनार मूल्य ३२५ रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, खु्र्सानी सुकेको ४३०,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ७६६ रुपैयाँ ६७ पैसा,गुन्दुक २८३ रुपैयाँ ३३ पैसा,अकबरे खुर्सानी हरियो १२५ रुपैयाँ,स्थानीय काउली १३० रुपैयाँ,काक्रो(लोकल) ७५ रुपैयाँ, गोलभेडासानो(लोकल) २७ रुपैयाँ ५० पैसा, गोलभेडा ठूलो(भारतीय) ५१ रुपैयाँ ६७ पैसा,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १३६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २२० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २३३ रुपैयाँ ३३ पैसा,लोकल नासपाती ९५ रुपैयाँ,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा १५६ रुपैयाँ ६७ पैसा,घिउ सिमी(लोकल) ८५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ८५ रुपैयाँ, ब्रोकाउली २८३ रुपैयाँ ३३ पैसा ,तरबुजा(हरियो) ६६ रुपैयाँ ६७ पैसा,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३१० रुपैयाँ,भेडे खु्र्सानी ५५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?