फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७६ रुपैयाँ ६७ पैसा,अनार मूल्य ३२५ रुपैयाँ, अमला प्रतिकेजी ८५ रुपैयाँ, खु्र्सानी सुकेको ४३०,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३२५ रुपैयाँ,आलु रातो प्रतिकेजी मूल्य ६६ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कुरीलो प्रतिकेजी ७५० रुपैयाँ,गुन्दुक २७५ रुपैयाँ,अकबरे खुर्सानी हरियो ११० रुपैयाँ,स्थानीय काउली ११० रुपैयाँ,काक्रो(लोकल) ६५ रुपैयाँ, गोलभेडासानो(लोकल) ३० रुपैयाँ ८० पैसा, गोलभेडा ठूलो(भारतीय) ६३ रुपैयाँ ३३ पैसा ,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) ११३ रुपैयाँ ३३ पैसा,कागती प्रतिकेजी २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आभोकाडो प्रतिकेजी २४३ रुपैयाँ ३३ पैसा,लोकल नासपाती १३५ रुपैयाँ,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा १६५ रुपैयाँ,घिउ सिमी(लोकल) ७५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा,ब्रोकाउली २७५ रुपैयाँ,तरबुजा(हरियो) ६५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३४६ रुपैयाँ ६७ पैसा,भेडे खु्र्सानी ५४ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

