बारामा बस दुर्घटना : १२ जनाको मृत्यु, ३६ घाइते

मकवानपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००ख ०२१० नं को बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेब गौतमले जानकारी दिए ।

दुर्घटनास्थलमा १० तथा दुई जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेको छ । मृतकको सनाखत हुन बाँकी छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments