माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ,अनार मूल्य ४३३ रुपैयाँ ३३ पैसा, अम्बा प्रतिकेजी ९५ रुपैयाँ, खु्र्सानी सुकेको ४२५,भुई कटहर (प्रति गोटा) २३५,डल्लेच्याउ ३२४ रुपैयाँ,आलु रातो प्रतिकेजी मूल्य ८७ रुपैयाँ ५० पैसा ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी किवि प्रतिकेजी ३२५,गुन्दुक २८३ रुपैयाँ ३३ पैसा ,अकबरे खुर्सानी हरियो ९० रुपैयाँ,स्थानीय काउली ५५ रुपैयाँ,काक्रो(लोकल) ४५ रुपैयाँ ,गोलभेडासानो(लोकल) २५ रुपैयाँ २० पैसा, गोलभेडा ठूलो(भारतीय) ६५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १४६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी १९० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आभोकाडो प्रतिकेजी २५० रुपैयाँ,लोकल नासपाती ८५ रुपैयाँ,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा २७५ रुपैयाँ,घिउ सिमी(लोकल) ३५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा,ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा ,तरबुजा(हरियो) १०६ रुपैयाँ ६७ पैसा,ताजा छडी माछा प्रतिकेजी २४६ रुपैयाँ ६७ पैसा ,ताजा माछा(रहु) ३४० रुपैयाँ,भेडे खु्र्सानी १४५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

