देशभरको मौसममा क्रमिक सुधार, एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं :हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ का एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?