धान काटी घर फर्कने क्रममा अरिङ्गालको टोकाईबाट आमाछोरीको मृत्यु

सल्यान : सल्यानमा अरिङ्गालको टोकाईबाट आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खेतमा धान काटी घर फर्कने क्रममा अकस्मात् आएको अरिङ्गालले तीन जनालाई टोकेको थियो । अरिङ्गालले टोकी घाइते आमा छोरीको सल्यान श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा ४ वर्षीया प्राप्तीको बाटोमै मृत्यु भएको हो । आमाको भने आज बिहान कोहलपुर मेडिकल कलेजमा पु¥याई चेक गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

अर्का घाइते मृतक शोभाका अङ्कल नाता पर्ने २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको प्रहरीको भनाई छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments