आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसमसामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकबदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुईस्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ कार्तिक १० गते (बिहिबार)
दिउँसो : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी रलुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमाआंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसमसामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुईस्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७९ कार्तिक ११ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकापहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमाआंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोछ ।
राती: देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
