तिहारलाई भित्रिए मुस्ताङका च्याङ्ग्रा

च्याङग्रा

काठमाडौं: बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याएकाछन् दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनकोपैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याएका हुन्

दसैँमा ६७ वटा च्याङ्ग्रा बागलुङ ल्याएर बिक्री गरेको बताउँदै शर्माले तिहारका लागि ५१ च्याङ्ग्रा÷च्याङ्ग्री बागलुङ भित्र्याएको बताए दसैँमा च्याङ्ग्राको व्यापार राम्रै भयो, त्यसबेला रोज्जा च्याङ्ग्रा थिए, अहिलेका अलि साना कम मूल्यका छन्”, शर्माले भने, “बाटोमाचराउँदै बिक्री गर्दै ल्याउँदा सहज हुन्छ, आठ दिनको हिँडाइपछि बागलुङ आएको छु, अहिले रोज्जा च्याङ्ग्राको मूल्य रु ३५ हजार , दसैँमा ठूला च्याङ्ग्रालाई रु ४५ हजारसम्म बिक्री गरियो

उहाँले बागलुङ बजारमा च्याङ्ग्राको माग उच्च रहेको बताए तिहारअघिसम्म च्याङ्ग्रा बिक्री गरिसक्ने उनको लक्ष्य उनले ल्याएका५१ वटा च्याङ्ग्रा÷च्याङ्ग्रीमध्ये २० वटा बिक्री भइसकेको बताए च्याङ्ग्राको मूल्य रु ३५ हजार च्याङ्ग्रीको मूल्य रु २७ हजार रहेकोशर्माको भनाइ

मुस्ताङका च्याङ्ग्राको माग दसैँमा उच्च भए पनि तिहारमा समेत यसको बिक्री राम्रो हुने भएकाले आफूले मुस्ताङ पुगेरै च्याङ्ग्रा खरिदगरेर ल्याएको शर्माको भनाइ सामान्य अवस्थामा मुस्ताङ तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारणव्यापार नाका नखुल्दा यस पटकको दसैँ तिहारमा मुस्ताङमा मात्रै उत्पादन भएको च्याङ्ग्राको आयात भएको थियो च्याङ्ग्राको मागउच्च भएको आयात थोरै हुँदा मूल्यमा भने भारी वृद्धि भएको चयाङ्ग्रा व्यापारीले बताएका छन्

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा च्याङ्ग्रा खोज्ने गर्छन् मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी बागलुङको उच्च हिमाली क्षेत्रमा पालिएकाभेडाको पनि माग अत्यधिक रहेको व्यापारीले बताएका छन् यस वर्ष १२ हजारदेखि १५ हजारसम्म मुस्ताङका च्याङ्ग्रा निकासी भएकोअनुमान तिहारमा मासुसँगै अन्य रोटीका परिकारसमेत खाने चलन रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?