धानसँग अदुवा, बेसार र घुइया साट्दै किसान

धानको समर्थन मूल्य

घोराही

:दाङ बङ्गलाचुली गाउँपालिका-२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आउनु भएको छ ।

पहाडी क्षेत्रमा पर्याप्त मात्रामा धान उत्पादन नहुने तर घुइया, अदुवा र बेसारबाट राम्रो आम्दानी हुने भएकाले उहाँ त्यसतर्फ आकर्षित हुनु भएको हो । मर्पेसमा उत्पादन गरिएका यी उत्पादनसँग विक र उहाँ जस्तै अन्य किसानले वर्षभरीलाई पुग्ने धान साट्छन् ।

‘मर्पेस र खारा क्षेत्रमा धानलगायतका अन्य अन्नबालीको उत्पादन राम्रो छैन, त्यसैले यहाँका अधिकांश किसान अदुवा, घुइया र बेसार खतीमा संलग्न छन्”, विकले भन्नुभयो । किसानहरुले आफूले उत्पादन गरेका घुइया, बेसार र अदुवा धेरैजसो घोराही उपमहानगरपालिकासम्म पु¥याउँदै आएका छन् ।

धिमधिमे मालारानी बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष समेत रहनुभएका किसान विकले आफूहरुलाई यही व्यवसायबाटै खुसी मिल्ने गरेको बताउनुभयो । उहाँले पनि हाल ४ रोपनी जग्गामा घुइया, अदुवा र बेसारको खेति गर्दै आउनुभएको छ । समूहमा २० घर परिवारका किसान आवद्ध छन् । पालिकाभित्रका सबै वडामा यसको खेती हुँदै आए पनि व्यावसायीक रुपमा खेती गर्ने किसानको संख्या भने एक सय ५० को हाराहारीमा रहेको उहाँको भनाइ छ ।

सोही स्थानमा लामो समयदेखि अदुवा, घुइया र बेसार खेती गर्दै आउनु भएका किसान हिरा पुन यसबाट आफूहरुले राम्रो आम्दानी गरिरहेको बताउनुभयो ।

“आफूले उत्पादन गरेका वस्तुबाट ७ महिनाका लागि पुग्ने अन्न साट्न सकिन्छ”, उहाँले भन्नुभयो, “धान रोप्ने हो भने अन्य अन्नबालीको उत्पादन घट्ने भएपछि यसैलाई निरन्तरता दिएका हौं ।”

धिमधिमे मालारानी बहुउदेश्यीय कृषक समूहका कोषाध्यक्ष बीरबहादुर सुनारले पनि बङ्गालाचुली गाउँपालिका अन्तर्गतका क्षेत्रमा हावा पानी समेत राम्रो भएकाले अदुवा, घुइया र बेसारको व्यावसायीक रुपमा खेति गर्ने किसानको संख्या बढ्दै बताउनुभयो ।

हाल किसानहरुले अनुदान र सहयोग प्राप्त भए अझ व्यवस्थित रुपमा उत्पादन गर्न सकिने बताउँदै आएका छन् । समूहका कोषाध्यक्ष सुनार आगामी आर्थिक वर्षदेखि अनुदान र सहयोग उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments