आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौं :हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

२०७९ कार्तिक २१ गते  (सोमबार)

दिउँसो:  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि मौसम सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।प्रदेश १ र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र देशको अन्य पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती:  प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही  देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ ।

 

 

२०७९ कार्तिक २२ गते  (मंगलबार)

दिउँसो:  प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ ।प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments