आजको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौं :हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
