तीन महिनामा ४ अर्ब ८६ करोड बढीको तरकारी आयात, सबै भन्दा बढी आलु

काठमाडौं

: चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोडरुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ ।

 

२०७९ सालको साउन, भदौ र असोजमहिनामा नेपालले उक्त मुल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो ।

भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कुल ४ अर्ब ८६ करोड ४१ लाख ३६ हजाररुपैयाँको तरकारी आयात गरेको छ । उक्त समयमा नेपालले विभिन्न देशबाट २ अर्ब ६२ करोड ६६लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ । गएको तीन महिनामा नेपालमा ११ करोड ५४ लाख९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

यस्तै सोही समयमा नेपालले विभिन्न देशबाट १ अर्ब ७३ करोड ८२ लाख ५४ हजार रुपैयाँको प्याजआयात गरेको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले २५ करोड ३३ लाख ३३ हजाररुपैयाँको लसुन, ४ करोड ३५ लाख ६७ हजार रुपैयाँको च्याउ, ६५ लाख २२ हजार रुपैयाँको फर्सी र४२ लाख १५ हजार रुपैयाँको गाजर आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीनमहिनामा नेपालले विभिन्न देशबाट ५ अर्ब ५६ करोड ४२ लाख ४९ हजार रुपैयाँको तरकारी आयातगरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?