आजको मौसम:देशका केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं: हाल देशमा  पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ देशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।

त्यस्तै आज राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको  संभावना रहेको छ।

प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला । साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?