आजको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौं:हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

 त्यस्तै आज राती  प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments