आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौं: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशका तराई भुभागका केहि स्थानमा हुस्सु/कुहिरो लागेको र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै आज राती देशभर मौसम सामान्यतया सफा रहनेछ।
तराई भुभागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ।
२०७९ मंसिर १० गते (शनिबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ।
राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।
२०७९ मंसिर ११ गते (आईतबार)
दिउँसो: प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भुभागका केही स्थानमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: प्रदेश नं १ को पहाडी भुभागका केही स्थानमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
