आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौं:हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राती बागमती प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर १९ गते  (सोमबार)

 दिउँसो: प्रदेश १ को पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 रातीप्रदेश १ को पहाडी  भू-भाग र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर २० गते  (मंगलबार)

 दिउँसो: प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 रातीप्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी  भू-भाग र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श 

तराई  भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments