आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौं:हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशको पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 २०७९ मंसिर २२ गते  (बिहीवार)

दिउँसो: प्रदेश १,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 रातीप्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर २३ गते  (शुक्रबार)

दिउँसो: प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

रातीदेशभर मौसम सामान्यतया सफा रहनेछ।

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श 

तराई  भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?