आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौं:हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशका पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर २४ गते  (शनिबार)

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।

रातीदेशभर मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ मंसिर २५ गते  (आईतबार)

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।

रातीमधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्विनी प्रदेशहरुमा आन्शिक वदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श  

तराई  भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?