प्राविधिक शिक्षा आर्जन गर्न छात्रवृत्ति

पशुमा पूर्ण खोप

तनहुँ:म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।

गाउँमै प्राविधिक जनशक्ति उत्पादन गरी कृषकलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस्तै सुत्केरी कार्यक्रमअन्र्तगत रु १२ लाख ५० हजार प्रदान गरिएको छ । दुई सय ५० सुत्केरीलाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।

यस्तै युवा स्वरोजगार कार्यक्रमअन्र्तगत रु ४५ लाख बजेट विनियोजन गरी तथ्याङ्क सङ्कलन गर्ने कार्य थालिएको छ । हालसम्म गाउँपालिकामा ४० युवाको तथ्याङ्क सङ्कलन भइसकेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले दुई चरणमा घुम्ती शिविर सञ्चालनसमेत गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?