आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौं:हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशभर मौसम सामान्यतया सफा रहेको छ ।देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै आज रातीलुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

२०७९ मंसिर २६ गते  (सोमबार)

दिउँसो: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

रातीप्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ मंसिर २७ गते  (मंगलबार)

दिउँसो: प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीप्रदेश १ र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श  

तराईका केही भू-भागमा विहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments