मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम

धनुषा:कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो ।

सो कार्यक्रमको प्रगति र समीक्षाबारे स्थानीय पालिका प्रमुखसँग गरेको अन्तक्र्रिया कार्यक्रममा प्रदेशका नौ सय ८० मध्ये नौ सय ६७ जनाले पूर्णरूपमा तालिम लिएको युएनडिपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा मुकुन्दमणि खनालले बताउनुभयो ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले एक सय ६० घण्टाको तालिम लिएका युवा स्वरोजगार हुन थालेकाले तालिम प्रभावकारी भएको बताउनुभयो । उहाँले सरकार मिलेर बेरोजगार युवालाई प्रोत्साहन हुने गरी अनुदान, सहुलियत दरमा कर्जा प्रवाहलगायत प्राविधिक सेवा दिनुपर्ने आवश्यकता भएको बताउनुभयो ।

मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले युवालाई स्वदेशमै सीप सिकाउन सके रोजगारमूलक व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, पूर्वशिक्षा सचिव डा रामहरि लामिछाने, सिटीइभिटी मधेस प्रदेश प्रमुख नागेन्द्र साह, कार्यक्रमका मधेस प्रदेश संयोजक दीपक साहशङ्करले कार्यक्रमका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments